दफा
तथ्याङ्क सम्बन्धी राष्ट्रिय मानक र गुणस्तर निर्धारण गर्ने
परिषद्ले तथ्याङ्क सम्बन्धी राष्ट्रिय मानक र गुणस्तर निर्धारण गर्नेछ।
(२) उपदफा (१) बमोजिम तथ्याङ्क सम्बन्धी राष्ट्रिय मानक र गुणस्तर निर्धारण गर्दा देहायका विषयलाई आधार मान्नु पर्नेछ:-
(क) नेपाल कानून र प्रचलित अभ्यास,
(ख) संयुक्त राष्ट्र संघ वा सोको विशिष्टीकृत- संस्थाले निर्धारण गरेको अवधारणा र परिभाषा,
(ग) तथ्याङ्कको क्षेत्रगत वर्गीकरण, र्‌
(घ) तोकिए बमोजिमका अन्य आधार ।
(३) उपदफा (१) र (२) बमोजिम निर्धारण गरिने तथ्याङ्क सम्बन्धी राष्ट्रिय मानक र गुणस्तरमा देहायका विषय समावेश गर्नु पर्नेछ:-
(क) प्रशासनिक अभिलेखबाट प्राप्त विवरणको स्तरीकृत अभिलेख ढाँचा,
(ख) तथ्याङ्क सङ्कलन, _प्रशोधन, विश्लेषण र नतिजा प्रकाशनको विधि,
(ग) नमूना छनोट प्रक्रिया र विधि,
(घ) तथ्याङ्क वा-सूचक आँकलन प्रक्रिया (मेटाडाटा),
(ङ) प्रदेश, जिल्ला तथा स्थानीय तहको भू-पहिचान सङ्केत नम्बर (जियो कोड), र
(च) तोकिए बमोजिमका अन्य विषय ।
(४) यस ऐन बमोजिम तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन; वितरण र भण्डारण गर्दा यस दफा बमोजिम निर्धारण भएको मानक र गुणस्तर बमोजिम गर्नु पर्नेछ।